भारत भ्रमणमा लाग्दैछन् नेपाली क्रिकेटर, किन परेनन् सिनियर खेलाडी?
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी २० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि केही सिनियर खेलाडी नपठाउने निर्णय गरेको छ। लामो समयदेखि नेपाली टिमबाट खेल्दै आएका खेलाडी नै प्रशिक्षणमा नजाँदा राष्ट्रिय टोलीमा विवाद बढेको हो कि भनेर चासो राखिएको छ।
तर, उक्त दोस्रो चरणको प्रशिक्षणका लागि सिनियर खेलाडीहरू सोमपालसँगै सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशी जस्ता खेलाडी भने समावेश गरिएको छैन ।
यद्यपि, क्यानका प्रवक्ता छुम्बी लामाले प्रशिक्षक स्टुआर्ट लको योजनाअनुरूप युवा खेलाडीलाई क्याम्पमा पठाइएको बताएका छन् । साथै उनले सिनियर खेलाडीले त्यहाँ प्रशिक्षण गरिसकेको र नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप २० खेलाडीलाई मात्र पठाइएको उल्लेख गरेका छन्।
‘प्रशिक्षकको योजनाअनुरूप २० खेलाडीलाई भारतमा पठाएको हो । यो राष्ट्रिय टोली होइन । राष्ट्रिय टोली पछि घोषणा हुन्छ । यहाँ १२ जना खेलाडी प्रशिक्षण बस्नु हुन्छ । दुवै तर, क्याम्प रहन्छ,’क्यानका प्रवक्ता छुम्बीले भने, ‘सिनियर खेलाडीले त्यहाँ खेलिसकेका छन् । नयाँ खेलाडीलाई अवसर दिइएको हो । पछि मर्च गरेर राष्ट्रिय टोली घोषणा हुन्छ ।’
उक्त शिविरका लागि नेपालस्थित भारतीय दूतावासले समन्वय र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सहयोग गरेका छन्।
प्रशिक्षण शिविरमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल र आकाश चन्द र शुभ कंसाकार छन्।
भारत जाने २० खेलाडीको नाम घोषणा गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...
आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण
काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...




