अर्थ

म्याग्दीका पशुपालक किसानलाई आर्थिक अनुदान

म्याग्दी। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८१–०८२ मा पशुपन्छी र माछापालक कृषकलाई ३८ लाख अनुदान वितरण गरेको छ।

त्रिचालीस वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको आठ वटा कार्यक्रममार्फत ३८ लाख ७० हजार ७५ रुपैयाँ अनुदान पाएका हुन् ।

केन्द्रका प्रमुख पशु विकास अधिकृत गोपाल गिरीले घाँसखेती प्रोत्साहन, दूध उत्पादन कृषकलाई उत्पादनमा आधारित, कृषि ऋणको ब्याज अनुदान, पाडापाडी हुर्काउने, बृहत्तर पशु विकास, मत्स्य पोखरी निर्माण तथा मर्मत, उपकरण र घुम्ती गोठ संरक्षणका लागि अनुदान उपलब्ध गराएको जानकारी दिए ।

सार्वजनिक सूचनामार्फत लाभग्राहीको आवेदन संकलन, स्थलगत मूल्यांकन, मापदण्डको आधारमा छनोट भएका फर्म, समूह र सहकारीले कार्य सम्पन्न गरेपछि अनुदान वितरण गरिएको उनको भनाइ छ ।

घाँसखेती प्रोत्साहन कार्यक्रमबाट १२ वटा फर्मलाई चार लाख २२ हजार ७९० रुपैयाँ, नमस्ते र शुभकामना कृषि सहकारी संस्थामा आबद्ध गाईभैँसी पालक किसानलाई दूध उत्पादनमा आधारित नौ लाख ९९ हजार ९८० रुपैयाँ वितरण गरिएको छ ।

६ वटा फर्मलाई कृषि ब्याजमा ९९ हजार ९६०, कृत्रिम गर्भाधानबाट जन्मिएका पाडापाडी हुर्काएका १४ फार्म तथा किसानलाई दुई लाख २० हजार, बृहत्तर पशु विकास कार्यक्रममार्फत बेनपा–३ को बेलढुङ्गा र मङ्गला–३ को नमूना कृषक समूहले एक लाख ५० हजार रुपैयाँ अनुदान पाएका छन् ।

तीनरतीन वटा फार्मलाई मत्स्य पोखरी निर्माण तथा मर्मतका लागि ८५ हजार २१५ र एक लाख ५८ हजार १३० रुपैयाँ तथा अन्नपूर्ण गाउँपालिका– ५ को चौँरी स्रोत संरक्षण तथा प्रवर्द्धन समितिलाई घुम्ती गोठ निर्माणका लागि तीन लाख ८४ हजार रुपैयाँ उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

यसैगरी पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका वटै स्थानीय तहका कृषकले पालेका ८९ हजार ६५१ गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाइएको केन्द्रका सूचना अधिकारी सुभास रेग्मीले जानकारी दिए । यसबाट दश हजार ९८१ घरधुरी कृषक लाभान्वित भएको उनको भनाइ छ।

दश हजार १०८ गाईरगोरु, १६ हजार २८६ भैँसीररागो र २८७ बंगुरलाई खोरेतविरुद्धको एफएमडी खोप लगाइएको छ।

पाँच हजार ३३७ पशुलाई लम्पी स्किन र तीन हजार ३९७ कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको छ भने ४१ हजार ७१३ बाख्रा र ११ हजार १२९ भेडालाई पीपीआरविरुद्धको खोप लगाइएको केन्द्रका सूचना अधिकारी रेग्मीले बताए । रासस

सम्बन्धित समाचार

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल

काठमाडौं। एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ। कम्पनीका अनुसार नाइन एन-एएफक्यू दर्ता नम्बरको हेलिकोप्टर मध्याह्न ११स्५१...

खोटाङमा हेलिकप्टर दुर्घटना

खोटाङमा हेलिकप्टर दुर्घटना

काठमाडौँ। खोटाङमा केहीबेरअघि हेलिकप्टर दुर्घटना भएको छ। एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परेको प्रहरीले जनाएको छ ।काठमाडौंबाट शव लिएर गएको...

राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल

राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नागरिक...

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ। नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला...