ओलीले खोले तेस्रो पटक अध्यक्ष हुने बाटो
काठमाडौँ। नेकपा एमालेको पोलिटब्यूरो बैठकले विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ। यो प्रस्तावले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक बाटो खुल्ने भएको छ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेका विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार संशोधनमा प्रस्तावमा मुख्य गरी पार्टीमा अबदेखि सङ्गठित र साधारण सदस्य गरी दुई थरी सदस्यताको व्यवस्था रहने प्रस्ताव पारित भएको छ। त्यस्तै बैठकले जिल्ला कमिटीलाई कार्यकारी कमिटी हुने प्रस्ताव गरेको छ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुने विषय भने अझै अनिर्णित रहेको उनले बताए। त्यस विषयमा भएको छलफलमा अधिकांश सदस्यले बेठिक रहेको धारणा राखेका तर त्यसबारे अर्को कमिटीबाट निर्णय गर्ने गौतमले बताए।
भण्डारीले राष्ट्रपति हुनलाई पार्टी सदस्यता त्यागेकाले नवीकरणबारे आवश्यक निर्णय गर्नुपर्ने गौतमले बताए।
उनले भने, ‘विभिन्न कोणबाट छलफल भएको तर निष्कर्षमा पुगेको छैन, अर्को फोरममा निष्कर्षमा पुग्छौँ, ‘स्वइच्छाले राजीनामा गरेको व्यक्तिले पार्टीमा पुन आउने कुरा वा पार्टीले खटाएको व्यक्ति पुन आउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ। उचित समयमा पार्टीले आवश्यक निर्णय लिन्छ।’
ताजा अपडेट
-
१.
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
-
२.
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
-
३.
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
-
४.
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
-
५.
दुईतिहाई बहुमततिर रास्वपा!
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
काठमाडौँ। प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइ नतिजा घोषणा भएका निर्वाचन क्षेत्रहरूमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना कार्यलाई पनि तीव्रता दिएको छ।...
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...




