मङ्लबार, साउन १४, २०८२
English
Follow us:

ओली-विद्याबीच भेटवार्ता

ओली-विद्याबीच भेटवार्ता

  • खबर सेवा

  • आइतवार, साउन ५, २०८२

  • 75
    SHARES
ओली-विद्याबीच भेटवार्ता

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेतृ विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा दुवै नेताबीच भेटवार्ता भएको हो। एमालेले भण्डारीको पार्टी सदस्यता ‘पेन्डिङ’ अवस्थामा राखेपछि अध्यक्ष ओलीसँग उनले भेटवार्ता गरेकी हुन्। दुवै जनाबीच ‘वन टू वन’ वार्ता भएको छ।

छलफलअघि पार्टी कार्यालयमा उपस्थित एमाले नेताहरूले सामूहिक तस्बिर खिचाएका थिए। त्यसपछि अध्यक्ष ओली र नेतृ भण्डारीबीच ‘वन टू वन’ छलफल भएको हो।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणसम्बन्धी विषयलाई विवादित नबनाइने बताए। पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष ओली र पूर्व राष्ट्रपतिबीचको छलफल चलिरहेका बेला पाण्डेले सदस्यता नवीकरणसम्बन्धी विषय अध्यक्ष ओलीले नै टुंगो लगाउने बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology