राजनीति

रोटरी क्लबद्वारा एआईजी कार्कीलाई ‘मातृभूमि हिरो’ प्रदान

काठमाडौँ। रोटरी क्लबले यसपटक ‘मातृभूमि हिरो’ अवार्डबाट नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई प्रदान गरिएको छ। रोटरी अफ मातृभूमि बालुवाटारद्वारा आयोजित आफ्नो स्थापनाको १० औं वार्षिकोत्सव समारोहमा कार्कीलाई रोटरी क्लबका डिस्ट्रीक गभर्नर विनोद कोइरालाले सम्मानपत्र र मालालगाई सम्मान गरेका छन्। उनलाई नेपाल प्रहरीमा रही समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा स्वरुप सम्मान गरेको क्लबले जनाएको छ।

मातृभूमिले परोपकारी कार्यगरी समाजमा महत्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट व्यक्तिलाई हरेक वर्ष हिरो अवार्डद्वारा सम्मान गर्दै आएको छ। त्यस अवसरमा क्लबले रोटरीमा नेपालको तर्फबाट पहिलोपल्ट इन्टरनेसनल चेयर फर लिड फेलोसिपमा चुनिएका क्लबका पूर्वअध्यक्ष विष्णुहरि दाहाललाई समेत विशेष सम्मान गर्‍यो।

रोटरी क्लब अफ मातृभूमि बालुवाटारको अबको नेतृत्व युवा उधमी निर्मल ढकालले गर्ने भएका छन् । डेढ दशकदेखि परोपकारी कार्यमा क्रियाशील ढकालले क्लबको वर्ष २०२५/२६ को नेतृत्व गर्ने छन्।

सम्बन्धित समाचार

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...

कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग

कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग

काठमाडौँ। प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइ नतिजा घोषणा भएका निर्वाचन क्षेत्रहरूमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना कार्यलाई पनि तीव्रता दिएको छ।...

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...