
काठमाडौं। नेकपा एमालेको सदस्य संख्या साढे ६ लाख नाघेको छ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले नवीकरणबाहेक थप २८ प्रतिशतले सदस्य संख्या वृद्धि भएको जानकारी दिए।
एमाले संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले सबै विवरण नआए पनि हालसम्म ६ लाख ५० हजार सदस्य संख्या कटेको बताएका छन्। यसअघि अघिल्लो वर्ष यहिबेला एमालेको सदस्य संख्या साढे ५ लाख थियो ।