अर्थ

कति छ आज मुद्राको मूल्य?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा छ। हिजो र अस्ती स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो।

हिजो आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा थियो। त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ ६७ र बिक्रीदर १६१ रुपैयाँ ३७ पैसा छ। हिजो युरो एकको खरिददर १५९ रुपैयाँ ९० र बिक्रीदर १६० रुपैयाँ ६० पैसा थियो। त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ५३ र बिक्रीदर १८६ रुपैयाँ ३४ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ४२ र बिक्रीदर १८५ रुपैयाँ २३ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ १९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा थियो।त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ०४ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ७९ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ०५ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ४२ पैसा थियो।

 

सम्बन्धित समाचार

सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै

सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै

काठमाडौँ। सरकारले सार्वजनिक यातायातको भाडा बढाउने भएको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकलाई कारण देखाउँदै सरकारले नयाँ...

सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छः अञ्जन श्रेष्ठ

सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छः अञ्जन श्रेष्ठ

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग चलाउनु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण...

कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी

कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी

काठमाडौँ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० दीपकराज जोशीले कोभिड–१९ को महामारीपछि विश्व पर्यटन क्षेत्र पूर्णरूपमा पुनःस्थापित भइसक्दा...

सुनचाँदीकोे मूल्य वृद्धि

सुनचाँदीकोे मूल्य वृद्धि

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु सात हजार २०० र चाँदी तोलामा...