आइतवार, साउन १२, २०८२
English
Follow us:

गण्डकी प्रदेशका मुख्यमन्त्री चीन प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री चीन प्रस्थान

  • खबर सेवा

  • मङ्लबार, साउन ७, २०८२

  • 65
    SHARES
गण्डकी प्रदेशका मुख्यमन्त्री चीन प्रस्थान

काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान मुख्यमन्त्री पाण्डे चीन प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे चीन प्रस्थान गरेका हुन्।

मुख्यमन्त्री पाण्डे सात दिने चीन भ्रमणमा गएको उनको सचिवालयको भनाइ छ।

गण्डकीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठलाई दिइएको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology