सोमवार, भदौ २, २०८२
English
Follow us:

१८ सयले बढ्यो सुनको भाउ

१८ सयले बढ्यो सुनको भाउ

  • खबर सेवा

  • मङ्लबार, साउन ७, २०८२

  • 92
    SHARES
१८ सयले बढ्यो सुनको भाउ

काठमाडौँ। सुनको मूल्य बढेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो। महासंघले जारी गरेको मूल्य सूचीअनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८ सय रूपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रूपैयाँ पुगेको छ।

सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ७ सय रूपैयाँ पुगेको थियो। मंगलबार चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको छ। सोमबार प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी एकैदिन ३५ रूपैयाँले बढेर २३ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ८७ डलर पुगेको छ। चाँदीको मूल्य प्रतिऔंस ३८।७९ डलर पुगेको छ।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology