राजनीति

ओलीलाई उषाकिरणको प्रश्न : अध्यक्ष कमरेडले २ कार्यकाल अध्यक्ष चलाइसक्नुभयो, अब मार्गप्रशस्त गर्नुहोस्

काठमाडौं। नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले व्यक्तिविशेषलाई हेरेर विधान बदल्न नहुने बताएकी छिन्। च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा मंगलबार आफ्नो धारणा राख्दै उनले नेतृत्व हस्तान्तरणमा समेत जोड दिइन्।

‘धारा ६४ कायम राखियोस्, कुनै व्यक्ति विशेषलाई हेरेरभन्दा संगठनलाई बलियो बनाउने गरी विधान नबनाऔँ,’ तिम्सिनाले भनिन्, ‘वर्तमान अध्यक्ष कमरेडले २ कार्यकाल अध्यक्ष चलाइसक्नुभयो। उहाँले पर्याप्त नेतृत्वको अवसर पाउनुभएको छ। अब निस्शर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण पनि परिवर्तनको एउटा विषय हो।’

उनले विधानमा संगठित सदस्य कुनै पनि फौजदारी अभियोग नलागिकन खोस्न नपाइने व्यवस्था कायम गर्न समेत माग गरिन्। पार्टी जतिबेला पनि घेराबन्दीमा पर्ने गरेको भन्दै उनले त्यसलाई किन तोड्न नसकेको भनेर प्रश्न समेत गरिन्।

‘सधैँ पार्टी घेराबन्दीमा पर्‍यो भनिन्छ,’ तिम्सिनाको प्रश्न छ, ‘पार्टी सरकारमा हुँदा पनि घेराबन्दीमा, प्रतिपक्षमा हुँदा पनि घेराबन्दी कसरी हुन्छरु यो घेराबन्दी तोड्न हाम्रो यति ठूलो संगठनात्मक शक्ति भएको एमालेले किन नसकेको होरु’

सम्बन्धित समाचार

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...