यू २० टिमको सहायक प्रशिक्षकमा चन्द्रा भण्डारी
काठमाडौं। एएफसी यू २० एसियन कप छनोटका लागि सहायक प्रशिक्षकमा चन्द्रा भण्डारी नियुक्त भएकी छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले चन्द्रालाई मंगलबार भुटानमा हुने एएफसी यू २० एसियन कप छनोटका लागि राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो।
नवनियुक्त सहायक प्रशिक्षक भण्डारी नेपाली राष्ट्रिय महिला टोलीकी पाँचौँ कप्तानसमेत हुन्। भण्डारी सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब ब्वाइज युनियनकी मुख्य प्रशिक्षकसमेत हुन् । उनको प्रशिक्षणमा ब्वाइज युनियनले ‘बी’ डिभिजन लिगको पछिल्लो संस्करणमा तेस्रो स्थान हासिल गरेको थियो।
छनोटमा नेपाल समूह ‘ए’मा परेको छ । समूह ‘ए’मा नेपालसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन्।
छनोटअन्तर्गत नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ। त्यसपछि दोस्रो खेल उत्तर कोरियासँग र अन्तिम खेल साउदी अरेबियासँग खेल्ने तालिका छ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




