७३ जिल्लामा फैलियो डेंगु
काठमाडौं। देशका ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार डेंगुको संक्रमण गण्डकी र बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको पाइएको छ।
सन् २०२५ को सुरुवातदेखि जुलाई २४ सम्म देशभर २ हजार २४९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पछिल्लो एक हप्तामा मात्रै १३२ जना नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा ६ जनामा संक्रमण देखिएको छ ।
प्रदेशगत रूपमा हेर्दा गण्डकीमा सबैभन्दा बढी ६२९ जना संक्रमित भएका छन्। पछिल्लो एक हप्तामा गण्डकीमा ४८ नयाँ बिरामी थपिएका छन्। त्यसपछि बागमती प्रदेशमा ४ सय ८९ जना र लुम्बिनी प्रदेशमा ३७४ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने
काठमाडौँ। सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको...
निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता...
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
कुष्ठरोग प्रभावितहरूको अधिकार रक्षा, कानूनी विभेदको अन्त्य र प्रभावकारी नीति कार्यान्वयनका लागि राज्यले ‘दया’ को साटो ‘अधिकारमुखी’ दृष्टिकोण अपनाउनुपर्नेमा...
स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण
काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन्। परिषद्ले फागुन ५ गतेखि...




