राजनीति

मेरो एमालेको सदस्यता कसैले खान सक्दैन ; विद्या भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेकपा एमालेमा आबद्ध रहेको र कसैले पनि आफ्नो सदस्यता खान नसक्ने टिप्पणी गरेकी छन्।

काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले एमाले केन्द्रीय कमिटीले हालै पार्टीमा आउन लगाएको रोकप्रति लक्ष्य गर्दै आफ्नो सदस्यता नवीकरण भएको र अहिले पनि आफू एमालेमै आबद्ध रहेको बताइन्।

एमालेले केन्द्रीय कमिटी बैठकपछि भण्डारीको सदस्यताको विषय स्वतस् निस्क्रिय भइसकेको बताउँदै आएको छ।

तर पूर्वराष्ट्रपति भण्डारीले आफूले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पूरा गरी नागरिकका रूपमा फर्केपछि पुनस् मातृ पार्टी एमालेमा संलग्न हुन पुगेको बताइन्।

पत्रकारहरूले एमालेले पार्टी राजनीतिमा आउन रोक्यो, अब के गर्नुहुन्छ भनेर प्रश्न सोधेका थिए। यसमा उनले स्पष्ट जबाफ दिइनन्।

‘कतिपय विषय आन्तरिक मामिला हुन्छन्, मैले अहिले सदस्यता नवीकरण गरेको हुँ, तर म पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ। जननेता मदन भण्डारीले मलाई शपथ खुवाएको हो विराटनगरमा। कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्दैन,’ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्ष्य गर्दै भण्डारीले भनिन्।

 

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...