कुलिङ पिरियङमा एमालेले म्याउ गर्यो : प्रचण्ड
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाडौँ सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा सम्बोधन गरेका छन्।
दाहालले विशेष गरी शिक्षक आन्दोलन, शिक्षा विधेयक र हालको राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको भूमिका स्पष्ट पार्दै भने, ‘शिक्षकहरूले सडकमा आउनु नपर्ने अवस्था संविधानले नै सुनिश्चित गर्यो, तर त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भए।माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरू अपमानित हुन पर्दैनथ्यो।’
उनले पछिल्लो पटक आफू नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै असन्तोष व्यक्त गरे। ‘सरकार तयार नभएपछि तपाईंहरू (शिक्षकहरू) सडकमा रहनुपर्यो, आन्दोलनमा हुनु भयो। तर सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो,’ उनको भनाइ थियो।
शिक्षा विधेयकको सन्दर्भमा बोल्दै उनले संसदमा विधेयकमाथि गरिएको छेडछाडप्रति आपत्ति जनाउँदै भने, ‘हामी सरकारमा हुँदा शिक्षकका माग समेटिएको विधेयक अगाडि बढाएका थियौं, तर अहिले त्यसमा षड्यन्त्र गरिएको छ।’
दाहालले संघीय निजामती सेवा ऐनमा गरिएको संशोधनलाई पनि राजनीतिक रूपमा जोड्दै कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो भन्ने टिप्पणी गरे। उनले एमालेका सांसदहरूले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको बताए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




