कुन कुन सडक छन् अवरुद्ध?
काठमाडौँ। मनसुन सक्रिय भएसँगै बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले गराएको शनिबार बिहान साढे १० बजेसम्मको अद्यावधिक जानकारीअनुसार ४ वटा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने ५ स्थानमा एकतर्फी रूपमा सञ्चालनमा छन् ।
प्रहरीका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा यातायात पूर्ण रूपमा ठप्प भएको छ । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणमा अविरल वर्षाका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा क्षति पुर्याउँदा यातायात पूर्ण रूपमा बन्द छ। जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ रिजिगारमा बाढीका कारण जाजरकोट–डोल्पा भियारी करिडोर पूर्ण रूपमा अवरुद्ध छ।
कर्णाली करिडोरअन्तर्गत पर्ने हुम्लाको सिमकोट गाउँपालिका–६ मा पनि पहिरोका कारण सवारी आवागमन ठप्प भएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...




