आइतवार, साउन १२, २०८२
English
Follow us:

खानेपानी र सिँचाइको समस्या भएको स्थानहरुको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्रीको निर्देशन

खानेपानी र सिँचाइको समस्या भएको स्थानहरुको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्रीको निर्देशन

  • खबर सेवा

  • शनिबार, साउन ११, २०८२

  • 46
    SHARES
खानेपानी र सिँचाइको समस्या भएको स्थानहरुको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्रीको निर्देशन

काठमाडाैँ। गृहमन्त्री रमेश लेखकले खानेपानी र सिँचाइको समस्या भएको स्थानहरुको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन्।

शनिवार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।

तराईका विभिन्न जिल्लाहरुमा खानेपानी र सिँचाइको समस्या विकराल बनिरहेको छ। यसै सम्बन्धमा गृहमन्त्री लेखकले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रतिनिधिहरुसँग छलफल गरेका हुन्।

छलफलपछि उनले खानेपानी र सिँचाइको समस्या भएको स्थानहरुको पहिचान गर्न र पहिचान भइसकेका स्थानहरु सरकारलाई उपलब्ध गराउन निर्देशन दिए।

‘खानेपानी र सिँचाइको समस्या भएको ठाउँको पहिचान गर्नुपर्‍यो। अहिलेसम्म जति पहिचान भएका छन्, थपलाई पनि पहिचान गरेर राख्नुपर्छ। वैकल्पिक स्रोत र वैकल्पिक स्रोतहरुको पहिचान, वैज्ञानिक वितरणको व्यवस्था मिलाउनुपर्छ। प्रमुख जिल्ला अधिकारीहरुले यसको व्यवस्था मिलाउनु होला,’ गृहमन्त्री लेखकले निर्देशन दिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology