खानेपानी र सिँचाइको समस्या भएको स्थानहरुको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्रीको निर्देशन
काठमाडाैँ। गृहमन्त्री रमेश लेखकले खानेपानी र सिँचाइको समस्या भएको स्थानहरुको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन्।
शनिवार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।
तराईका विभिन्न जिल्लाहरुमा खानेपानी र सिँचाइको समस्या विकराल बनिरहेको छ। यसै सम्बन्धमा गृहमन्त्री लेखकले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रतिनिधिहरुसँग छलफल गरेका हुन्।
छलफलपछि उनले खानेपानी र सिँचाइको समस्या भएको स्थानहरुको पहिचान गर्न र पहिचान भइसकेका स्थानहरु सरकारलाई उपलब्ध गराउन निर्देशन दिए।
‘खानेपानी र सिँचाइको समस्या भएको ठाउँको पहिचान गर्नुपर्यो। अहिलेसम्म जति पहिचान भएका छन्, थपलाई पनि पहिचान गरेर राख्नुपर्छ। वैकल्पिक स्रोत र वैकल्पिक स्रोतहरुको पहिचान, वैज्ञानिक वितरणको व्यवस्था मिलाउनुपर्छ। प्रमुख जिल्ला अधिकारीहरुले यसको व्यवस्था मिलाउनु होला,’ गृहमन्त्री लेखकले निर्देशन दिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




