राजनीति

जनार्दनमाथि गाली बर्षाइरहेका प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी र नेतृत्वविरूद्ध भइरहेका योजनाबद्ध षड्यन्त्र परास्त गर्न सम्पूर्ण नेता, कार्यकर्ता र समर्थक एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन्।

गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसअघि भएका षड्यन्त्रहरूझैं अहिले पनि माओवादी आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने खेल सुरू भएको बताए।

उनले भने, ‘यस्ता कार्यक्रमहरूले राष्ट्रिय स्तरमा पार्टीप्रति माहोल बनाएको थियो, जसले पुरानै शक्तिलाई फेरि सक्रिय भएर षड्यन्त्रमा लाग्ने अवस्था बनायो।’

अध्यक्ष प्रचण्डले नेतृत्वविरूद्ध भइरहेको ‘संगठित घेरा’ तोड्न कार्यकर्तालाई सजग र सक्रिय रहन आग्रह समेत गरे। केही दिनअघि मात्रै उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तनको बहस चलाएका थिए। त्यसपछि पार्टी संस्थापन नेताहरूले जनार्दनप्रति गालीगलौज गरिरहेका छन्।

सम्बन्धित समाचार

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...