आइतवार, साउन १२, २०८२
English
Follow us:

चितवनबाट सुरु भयो लोडसेडिङ

चितवनबाट सुरु भयो लोडसेडिङ

  • खबर सेवा

  • आइतवार, साउन १२, २०८२

  • 37
    SHARES
चितवनबाट सुरु भयो लोडसेडिङ

काठमाडौँ। चितवनमा आजदेखि विभिन्न स्थानमा लोडसेडिङ हुँदैछ। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना निकालेर ६ घण्टा लोडसेडिङ गर्न थालेको हो।

नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ ।

वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।

वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ र ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology