आइतवार, साउन १२, २०८२
English
Follow us:

एनआरएनए बेलायतको अध्यक्षमा पुडासैनी चयन

एनआरएनए बेलायतको अध्यक्षमा पुडासैनी चयन

  • खबर सेवा

  • आइतवार, साउन १२, २०८२

  • 30
    SHARES
एनआरएनए बेलायतको अध्यक्षमा पुडासैनी चयन

काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न मतगणना अनुसार उनले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गरेका हुन्।

पुडासैनीले एक हजार ४८२ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी हुँदा अर्का उम्मेदवार खरेलले नौ सय ७७ र खत्रीले चार सय ९६ मत प्राप्त गरे । उपाध्यक्षमा उज्ज्वल कार्की, डा। रक्षा थापा र रामप्रसाद कँडेल, महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटा विजयी भए ।

सदस्यमा विष्णु खरेल र छविलाल अर्याल, इंग्ल्यान्ड राज्य परिषद् अध्यक्षपदमा राममाया विष्ट थापा विजयी भएका छन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology