राष्ट्रिय व्यवसायी महासङ्घकी उपाध्यक्ष खड्का जनमत पार्टीमा प्रवेश
काठमाडौँ। राष्ट्रिय व्यवसायी महासङ्घकी प्रथम उपाध्यक्ष लक्ष्मी खड्का जनमत पार्टीमा प्रवेश गरेकी छन् । आइतबार काठमाडौँको मध्य बानेश्वरस्थित पार्टी कार्यालयमा जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले उनीहरूलाई पार्टीमा स्वागत गरे ।
खड्कासहित विभिन्न व्यवसाय र पेसामा संलग्न उद्योगी–व्यवसायीहरू पार्टीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशपछि जनमत पार्टीका अध्यक्ष डा। राउतले स्वागत मन्तव्य दिँदै पार्टी सबै जात, वर्ग, भाषा, संस्कृति र समुदायको साझा राजनीतिक थलो भएको स्पष्ट पारे ।
उनले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायमा आधारित नयाँ राजनीतिक संस्कृतिका लागि जनमत पार्टी प्रतिबद्ध रहेको बताए ।पार्टी प्रवेश गरेसँगै खड्कालाई बागमती प्रदेश समिति खस–आर्यका राष्ट्रिय संयोजक दिइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




