सोमवार, साउन १३, २०८२
English
Follow us:

स्पेनलाई पेनाल्टी सुटआउटमा जित निकाल्दै इंग्ल्यान्ड दोस्रोपटक युरोपियन च्याम्पियनसिप

स्पेनलाई पेनाल्टी सुटआउटमा जित निकाल्दै इंग्ल्यान्ड दोस्रोपटक युरोपियन च्याम्पियनसिप

  • खबर सेवा

  • सोमवार, साउन १३, २०८२

  • 22
    SHARES
स्पेनलाई पेनाल्टी सुटआउटमा जित निकाल्दै इंग्ल्यान्ड दोस्रोपटक युरोपियन च्याम्पियनसिप

काठमाडौँ। विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै इङ्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप–२०२५ उपाधि जितेको छ। आइतबार स्विट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।

पेनाल्टीमा स्पेनका चारमध्ये एक प्रहारमात्र गोलमा परिणत भयो। यता, इङ्ल्यान्डका पाँचमध्ये तीन खेलाडीले गोल गरे। इङ्ल्यान्डकी एलेक्स ग्रिनवुड, निह चाल्र्स र क्लोइ केलीले गोल गरिन्। लिह विलियम्सन र बेथ मेडको प्रहार भने स्पेनकी गोलकिपरले विफल बनाएकी थिइन्।

यता, स्पेनकी प्याट्रिसिया गुइराओले मात्रै गोल गरिन्। मारिओना काल्डेन्टी र आइतेना बोनमतीको प्रहारलाई इंग्लिस गोलकिपरले विफल बनाइन् । साल्मा पारउइलोको प्रहार भने बारमा लागेर बाहिरियो।त्यसअघि मारियओना काल्डेन्टीले खेलको २५औँ मिनेटमा हेडर गोल गर्दै स्पेनले अग्रता बनाएको थियो। एलेसिया रुसोले ५७औँ मिनेटमा गोल गरेपछि साविक विजेता इङ्ल्यान्ड खेलमा फर्किएको थियो।

प्रतियोगितामा स्पेनले जर्मनीलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो। इङ्ल्यान्डले भने इटालीविरुद्ध २–१ को जित निकालेको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology