सिन्धुलीबाट हराएका १६ जना हायु समुदायका व्यक्ति पोखरामा भेटिए
काठमाडौँ। सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाट बेपत्ता भएका एकै परिवारका १६ जना पोखरा महानगरपालिका–३० गगनगौँडामा भेटिएका छन् । १६ जनामध्ये १२ जना गगनगौँडाका स्थानीय सोमनाथ पौडेलको घरमा र बाँकी चारजना चन्द्र भण्डारीको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले पुष्टि गरे।
हायु परिवार शनिबार पोखराको लेकसाइडको एउटा होटलमा बसेको खुलेको छ। लेकसाइडस्थित होटल जननीका सञ्चालक सुदीप गिरीले भने, ‘उहाँहरू १६ जना शनिबार दिउँसो १ बजेतिर हाम्रो होटलमा आएर बसेकोमा आइतबार चेकआउट गर्नुभएको हो।’
सिन्धुली घर बताउने उनीहरू एकै घरपरिवारका भएकाले कोठा पनि ‘सेयर’ गरेर बास बसेका थिए। गिरीका अनुसार तीमध्ये एउटा हलमा आठजना बसेका थिए भने अरू दुई कोठामा चारचारजना बाँडिएर बसेका थिए। उनीहरूले आइतबार दिउँसो १२ बजे होटल छाडेका थिए।
किन छाडे गाउँ?
सोधपुछ क्रममा आफूहरू बस्नका लागि नयाँ ठाउँ खोज्दै शनिबार पोखरा आइपुगेको उनीहरूले बताएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए। ‘हामीलाई त्यहाँ बस्न मन लागेन, त्यसैले नयाँ खोज्दै हिँडेका हौं,’ एसपी ओलियाले उनीहरूका भनाइ उद्धृत गर्दै भने, ‘ज्यामी काम गरेर खाने मान्छे हौं। त्यहाँ काम पाउन मुस्किल भएपछि हिँडेको बताएका छन्।’
सिन्धुली गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बिखर कटेरी छेड्पा बस्ने अन्दाजी ४५ वर्षीया उर्मिला हायुको १६ जनाको परिवार नै हराएको खबर सोमबार प्रहरीकहाँ आएको थियो। अनुसन्धान क्रममा हायु परिवार शनिबार राति नै सिन्धुलीको बलेनी भन्ने ठाउँबाट भ्यान चढेर पोखरा गएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
सो भ्यानका चालक जीवन भनिने नविन विक थिए।
ताजा अपडेट
-
१.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
२.
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
-
३.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
४.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
५.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की...
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासको...
आज चैते दसैँ मनाइँदै
काठमाडौँ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा...
पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपात
काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...




