मङ्लबार, साउन १४, २०८२
English
Follow us:

सिन्धुलीबाट हराएका १६ जना हायु समुदायका व्यक्ति पोखरामा भेटिए

सिन्धुलीबाट हराएका १६ जना हायु समुदायका व्यक्ति पोखरामा भेटिए

भन्छन् : बस्नै मन नलागेर आफन्तकोमा आयौँ

  • खबर सेवा

  • मङ्लबार, साउन १४, २०८२

  • 10
    SHARES
सिन्धुलीबाट हराएका १६ जना हायु समुदायका व्यक्ति पोखरामा भेटिए
हायु परिवारले बेपत्ता भएको सिन्धुलीको घर।

काठमाडौँ। सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाट बेपत्ता भएका एकै परिवारका १६ जना पोखरा महानगरपालिका–३० गगनगौँडामा भेटिएका छन् । १६ जनामध्ये १२ जना गगनगौँडाका स्थानीय सोमनाथ पौडेलको घरमा र बाँकी चारजना चन्द्र भण्डारीको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले पुष्टि गरे।

हायु परिवार शनिबार पोखराको लेकसाइडको एउटा होटलमा बसेको खुलेको छ। लेकसाइडस्थित होटल जननीका सञ्चालक सुदीप गिरीले भने, ‘उहाँहरू १६ जना शनिबार दिउँसो १ बजेतिर हाम्रो होटलमा आएर बसेकोमा आइतबार चेकआउट गर्नुभएको हो।’

सिन्धुली घर बताउने उनीहरू एकै घरपरिवारका भएकाले कोठा पनि ‘सेयर’ गरेर बास बसेका थिए। गिरीका अनुसार तीमध्ये एउटा हलमा आठजना बसेका थिए भने अरू दुई कोठामा चारचारजना बाँडिएर बसेका थिए। उनीहरूले आइतबार दिउँसो १२ बजे होटल छाडेका थिए।

किन छाडे गाउँ?
सोधपुछ क्रममा आफूहरू बस्नका लागि नयाँ ठाउँ खोज्दै शनिबार पोखरा आइपुगेको उनीहरूले बताएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए। ‘हामीलाई त्यहाँ बस्न मन लागेन, त्यसैले नयाँ खोज्दै हिँडेका हौं,’ एसपी ओलियाले उनीहरूका भनाइ उद्धृत गर्दै भने, ‘ज्यामी काम गरेर खाने मान्छे हौं। त्यहाँ काम पाउन मुस्किल भएपछि हिँडेको बताएका छन्।’

सिन्धुली गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बिखर कटेरी छेड्पा बस्ने अन्दाजी ४५ वर्षीया उर्मिला हायुको १६ जनाको परिवार नै हराएको खबर सोमबार प्रहरीकहाँ आएको थियो। अनुसन्धान क्रममा हायु परिवार शनिबार राति नै सिन्धुलीको बलेनी भन्ने ठाउँबाट भ्यान चढेर पोखरा गएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

सो भ्यानका चालक जीवन भनिने नविन विक थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology