बागमतीमा कांग्रेस संसदीय दलको नयाँ नेता छान्न सुरु भयाे प्रक्रिया, के होला मुख्यमन्त्रीबारे निर्णय?
काठमाडौँ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन गर्न निर्वाचन समिति गठन गरिएको छ। निर्वाचन समिति संयोजक हरिशरण श्रेष्ठ र सदस्य ऋषिराम घिमिरे, जीवन डंगोल रहने गरी गठन गरिएको छ।
मुख्यमन्त्री बहादुरसिंह लामाविरूद्ध दर्ता भएको अविश्वास प्रस्तावमा १५ मत पक्ष र २२ मत विपक्षमा परेको थियो।
१३ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा मंगलबार बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहने गरी निर्वाचन समिति गठन गरिएको छ ।
निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउने छ । मंगलबार मुख्यमन्त्री समेत रहेका दलका नेता बहादुरसिंह लामाविरूद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि पक्ष/विपक्षमा मतदानको क्रममा लामाले दलको नेताको हैसियत गुमाएका हुन्।
मत विभाजनका क्रममा लामाको पक्षमा जम्मा १५ मत परेको थियो भने उनको विपक्षमा २२ मते परेको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




