अन्तर्राष्ट्रिय

रूस भूकम्पपछि जापानमा २० लाख मानिस प्रभावित

काठमाडौँ। रूसको सुदूरपूर्वको कामाचाट्का प्रायद्वीपमा ८.८ म्याग्नेच्यूडको भूकम्प गएपछि प्रशान्त महासागरमा सुनामी आएको छ।

महासागरको १९.३ किलोमिटर गहिराइमा शक्तिशाली धक्‍कापछि पनि शक्तिशाली पराकम्पनहरू गएका छन्।

त्यहाँ पहिलो पराकम्पन नै ६.९ र दोस्रो पराकम्पन ६.१ म्याग्नेच्यूडको मापन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पाँच म्याग्नेच्युडमाथि सातवटा पराकम्पनहरू गएका छन्।

भूकम्पले कामाचाट्कामा चार मिटरको सुनामी पैदा गरेको थियो।

भूकम्पपछि अमेरिका, जापान, फिलिपिन्स, इन्डोनेसिया, चीन, चिली, पेरू, मेक्सिको, पनामा र ताइवानले आफ्नो देशको तटीय क्षेत्रका नागरिकहरूलाई सुरक्षित ठाउँमा बस्ने भनेर सतर्कता सूचना प्रवाह गरेको छ।

यीमध्ये जापान र अमेरिका बढी प्रभावित भएका छन्।

जापानले तटीय क्षेत्रका झन्डै २० लाख मानिसहरूलाई सुरक्षित स्थानमा सर्न भनेर उर्दी जारी गरेको छ।

जापानको होकाइदोदेखि वाकायामासम्म तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरू, त्यहाँका व्यवसायहरू खाली गर्न भनेर सरकारी सूचना प्रणालीमार्फत मानिसहरुको मोबाइलमा सूचना पठाइएको छ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...