
काठमाडौं। टिकटकर आयुष सिंह ठकुरीले फिल्ममा डेब्यू गर्ने पक्का भएको छ। उनले माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’बाट फिल्ममा डेब्यू गर्ने भएका हुन्।
सोमबार फिल्मको निर्माणपक्ष र आयुषले कागजी सम्झौता गरेका छन्। निर्देशक माइकल चन्द र निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी सम्झौता गरे। यो फिल्ममा यसअघि विराज भट्ट, सुशील श्रेष्ठलगायत कलाकारहरू अनुबन्धित भइसकेका छन्।
फिल्म साइन गरेपछि आयुषले आफूलाई थुप्रै फिल्मबाट अफर आइरहेकोमा डेब्यूका लागि ुराम नाम सत्यु उपयुक्त लागेर साइन गरेको बताए। साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माणपक्षको छ।