टिकटकर आयुष फिल्ममा खेल्दै
काठमाडौं। टिकटकर आयुष सिंह ठकुरीले फिल्ममा डेब्यू गर्ने पक्का भएको छ। उनले माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’बाट फिल्ममा डेब्यू गर्ने भएका हुन्।
सोमबार फिल्मको निर्माणपक्ष र आयुषले कागजी सम्झौता गरेका छन्। निर्देशक माइकल चन्द र निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी सम्झौता गरे। यो फिल्ममा यसअघि विराज भट्ट, सुशील श्रेष्ठलगायत कलाकारहरू अनुबन्धित भइसकेका छन्।
फिल्म साइन गरेपछि आयुषले आफूलाई थुप्रै फिल्मबाट अफर आइरहेकोमा डेब्यूका लागि ुराम नाम सत्यु उपयुक्त लागेर साइन गरेको बताए। साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माणपक्षको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
बालेनले ल्याउनुभयो शपथअघि नै गीत
https://youtu.be/Yse0H0mXEuQ?si=LaEi_s7185yTaFr- काठमाडौं। रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोलि प्रधानमन्त्रीका रुपमा सपथ लिँदैहुनुहुन्छ। आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले...
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...




