आइतवार, भदौ १, २०८२
English
Follow us:

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत भन्सार कर घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत भन्सार कर घोषणा

  • खबर सेवा

  • बिहिबार, साउन १६, २०८२

  • 53
    SHARES
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत भन्सार कर घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा भोलि अर्थात अगस्ट १ देखि लागू हुने गरी २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोशलमा पोष्ट गर्दै भारतले रूसबाट ठूलो मात्रामा सैन्य उपकरण र ऊर्जा खरिद गरिरहेको आरोप लगाउँदै यो स्वीकार्य नभएको बताए। त्यसको बदलामा भारतले २५ प्रतिशत भन्सार कर तिर्नुपर्ने राष्ट्रपति ट्रम्पले बताएको बीबीसी हिन्दीले जनाएको छ ।

भारत र अमेरिकाबीच गएको केही महिनादेखि निष्पक्ष र पारस्परिक लाभदायक व्यापार सम्झौताका लागि वार्ता चलिरहेको थियो, तर कुनै औपचारिक सम्झौता घोषणा भइसकेको थिएन। यस घटनापछि भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले प्रतिक्रिया दिँदै भारत सरकारले अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइबारे जानकारी लिएको र यसको सम्भावित प्रभावको अध्ययन गरिरहेको जनाएको छ।

यसैबीच, भारतीय विपक्षी दल कांग्रेसले सरकारको विदेश नीतिलाई विफल भएको बताउँदै प्रधानमन्त्री मोदीको ट्रम्पसँगको मित्रताको मूल्य पूरा देशले चुकाउनुपरेको आरोप लगाएको छ। सत्तारुढ भारतीय जनता पार्टीका सांसदले अमेरिकी पक्षसँग फेरि संवाद गर्नुपर्ने बताएका छन्।

यसअघि ट्रम्पले एअर फोर्स वन विमानमा पत्रकारहरूसँगको कुराकानीमा पनि भारतमाथि कडा भन्सार कर लगाउने संकेत दिएका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology