राजनीति

एमाले विधान महाधिवेशन व्यवस्थापन गर्न जिम्मेवारी बाँडफाँट?

काठमाडौँ। नेकपा एमालेले भदौमा हुने पार्टीको विधान महाधिवेशन व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँट गरेको छ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले महाधिवेशनको व्यवस्थापनका लागि जिम्मेवारी तोकेको हो।

एमाले केन्द्रीय कार्यालयका प्रमुख भीष्म अधिकारीका अनुसार बैठकले महाधिवेशनका प्रतिनिधिको संख्या एकिन गर्ने जिम्मेवारी संगठन विभागलाई दिएको छ।

यस्तै स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ भने स्वयंसेवक परिचालनको जिम्मेवारी पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले पाएका छन्। यसैगरी सचिवालय र खाना व्यवस्थापन गर्ने जिम्मेवारी केन्द्रीय कार्यालय प्रमुख अधिकारीलाई दिइएको छ भने यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठले पाएका छन्।

महाधिवेशनको प्रचार गर्ने जिम्मा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम तथा स्वागत नृत्यसहित विविध सांस्कृतिक कार्यक्रमको जिम्मेवारी केन्द्रीय सदस्य हेमराज राईले पाएका छन्। एमालेका अनुसार आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने छ। यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी दिइएको छ।

एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ। महाधिवेशनमा २ हजार २७९ प्रतिनिधि सहभागी हुने अनुमान छ।

सम्बन्धित समाचार

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...