सोमवार, भदौ २, २०८२
English
Follow us:

घट्यो नेप्से

घट्यो नेप्से

  • खबर सेवा

  • बिहिबार, साउन १६, २०८२

  • 20
    SHARES
घट्यो नेप्से

काठमाडौँ। विहीबार सेयरबजार ३१.५० अंकले घटेर २९२२.६३ विन्दुमा झरेको छ।

नेप्से घटे पनि १५ अर्ब ९८ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

दिनभरिमा ३ करोड ६८ लाख कित्ता सेयर बिक्रीपछि यो परिमाणमा कारोबार भएको हो।

 

५२ सेयरको मूल्य बढेको दिन १९८ वटाको भने घटेको नेपाल स्टक एक्सचेन्जले उल्लेख गरेको छ।

धेरै बढेका सेयरहरुमा आज ट्रेड टावर लिमिटेड, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट छन्। यी सेयरहरु ९.९९ प्रतिशतसम्मले बढ्दा भूगोल इनर्जी डेभलपमेन्ट, माईखोला हाइड्रोपावर, अपरसोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर भने ७.१० प्रतिशतसम्मले घटेका छन्।

यस दिन हिमालयन रि इन्स्योरेन्सको १ अर्ब ३३ करोडको कारोबार भएको छ। यो आजको सर्वाधिक कारोबार हो। त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड, हिमालयन डिस्टिलरी ६९ करोड, शिवम् सिमेन्ट ६७ करोड र लुम्बिनी विकास बैंक ४१ करोडको कारोबार भएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology