सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। बिहीबार अपराह्न ५ बजेको प्रदेशको सभाको छैठौँ अधिवेशनको २० औँ बैठकमा शाहले विश्वासको मत पाएका हुन् ।
संविधानको धारा १८८ को उपधारा १ र २ व्यवस्था अनुरूप दोस्रो पटक मुख्यमन्त्री भएको ११ महिनापछि मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् । यसअघि सरकारमा रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि पुन विश्वास मत मुख्यमन्त्री लिनुपरेको हो ।
गत २० असारमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सुदूरपश्चिममा अहिले रहेको सांसदको सङ्ख्या ५३ मध्ये सरकार गठनका लागि २७ मत आवश्यक पर्छ । शाहले सदनबाट ३० जना सांसदको मत पाए ।
उनलाई कांग्रेसका १८, नेकपा एमालेका ११ जना सांसदले विश्वास मत दिए। नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले पनि पक्षमा मत दिए ।
आजको प्रदेश सभा बैठकमा जम्मा उपस्थिति सांसद सङ्ख्या ४५ थियो । जसमा नेकपा माओवादीका १०, नेकपा एकीकृत समाजवादी पाटी तीन, राप्रपा १ र स्वतन्त्र १ जना गरेर १५ सांसदले शाहको विपक्षमा मत दिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




