मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्नुहोस् : गृहमन्त्री
काठमाडौं। गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
शुक्रबार काठमाडौंकाे काेटेश्वरस्थित लागू औषध नियन्त्रण ब्युरोकाे कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधकाे उत्पादन, भण्डार र प्रयोग ठूलाे चुनाैतिका रुपमा देखिएकाे बताएका हुन्।
‘लागू औषधकाे प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ। त्यसैले हामीले एक वर्षमा लागू औषधविरुद्धकाे महाअभियान लागू गरेका थियौं। त्याे अभियान सार्थक भएको छ,’ उनले भने।
विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए।
‘आगामी दिनमा थप प्रभावकारी ढंगले याे चुनाैतिकाे सामना गर्नु छ। स्राेत साधानकाे कमी भएपनि चहाँदा धेरै काम गर्न सकिन्छ। त्याे याे एक वर्षमा देखिएको छ,’ उनले भने।
लागू औषधकाे विगविगी देखिएको भन्दै यसविरुद्धकाे अभियानमा सबैकाे सहयोग आवश्यक रहेकाे उनको भनाइ छ।
‘खास गरेर युवाहरूमा यसकाे लत देखिएको छ। देशकाे भविष्य जाेडिएकाे युवा शक्ति लागू औषधमा फसकाे देखिएकाे छ,’ उनले भने, ‘लागू औषधविरूद्धकाे महाअभियानले परिणाम ल्याएको छ। लागू औषधकाे अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन। लागू औषधविरुद्ध अभियान चलाउन आवश्यक छ। याे प्रहरीको मात्र हाेइन। सबै मानिसकाे जिम्मेवारी हाे।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव
-
५.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
सम्बन्धित समाचार
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने...
संविधान र लोकतन्त्रका लागि मधेसका ८ वटै जिल्लामा कांग्रेसलाई जिताउन निधिको अपिल
काठमाडौँ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र व्यवस्था खतरमा रहेको भन्दै त्यसको रक्षाका लागि मधेस प्रदेशका सबै...
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्तो छ ‘भिजन टेन’ (पूर्णपाठ)
काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। धनुषाको जनकपुरधाममा वृहत आमसभा गर्दै कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो।...
ऋषि कट्टेल पक्राउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ पर्नुभएको छ। निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध...




