आइतवार, भदौ १, २०८२
English
Follow us:

घट्यो डलर

घट्यो डलर

  • खबर सेवा

  • शनिबार, साउन १८, २०८२

  • 41
    SHARES
घट्यो डलर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

हिजो अहिले सम्मकै सबै भन्दा महँगो बनेको अमेरिकी डलर पनि आज थोरै घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा छ।

हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा थियो।

त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा छ। हिजो युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८१ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ४९ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ १८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ १४ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३३ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ५७ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology