राजनीति

सीता बस्यालले साधारण सदस्य समेत नरहनेगरी दिइन् राप्रपाबाट राजीनामा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य सीता बस्यालले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेकी छन्। उनले शुक्रवार एक सार्वजनिक विज्ञप्तिमार्फत आफ्नो राजीनामाबारे जानकारी दिएकी हुन्।

बस्यालले पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्य दुवै पदबाट राजीनामा दिएको उल्लेख गर्दै आफूले अबदेखि पार्टीको औपचारिक जिम्मेवारीमा नरहने स्पष्ट पारेकी छन्।

विज्ञप्तिमा उनले पार्टीमा रहँदा प्राप्त साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पार्टीलाई सफलता र प्रगतिको शुभकामना पनि व्यक्त गरेकी छन्।

उनको राजीनामा पछाडि के कारण रहे भन्ने विषयमा भने उनले स्पष्ट उल्लेख गरेकी छैनन्। यद्यपि पछिल्लो समय राप्रपाभित्र बढ्दो विवादकै कारण उनले राजीनामा दिएको हुनसक्ने बताइएको छ ।

सम्बन्धित समाचार

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...