बागमतीका मुख्यमन्त्री लामा राजीनामा तयार
काठमाडौंँ। नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवासँग तीन बुँदे सहमति भएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा तयार भएका छन्।
आज सभापति देउवा निवास बुढानीलकण्ठमा भएको भेटपछि भोलि राजीनामा दिन तयार भएको छलफलमा सहभागी सांसद रामकृष्ण चित्रकारले बताए।
संसदीय दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिएका थिए। सांसद चित्रकारका अनुसार बुढानीलकण्ठमा भोलि मुख्यमन्त्रीले राजीनामा दिने, आफूले नियुक्त गरेको तीन मन्त्रीलाई शपथ गराउने र संसदीय दललाई एकताबद्ध बनाएर अघि बढाउने सहमति भएको छ।
दलको नेतामा पराजित भएपछि पनि मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए। तर, उनीहरूले अहिलेसम्म शपथ भएको छैन। यो सहमतिपछि अब बन्ने बानियाँ नेतृत्वको सरकारमा उनीहरूको सहभागिता निश्चित भएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




