सोमवार, भदौ २, २०८२
English
Follow us:

घट्याे नेप्से

घट्याे नेप्से

  • खबर सेवा

  • आइतवार, साउन १९, २०८२

  • 59
    SHARES
घट्याे नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६३.७३ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८५८ अंकमा झरेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना नहुँदा बजार २८५७ अंकसम्म झरेको थियो, जुन अंक आजको लागि नै न्यूनतम हो।

बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ९८ करोडको कारोबार भएकोमा आज १३ अर्ब ७ करोडको भयो । १६ कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो । सबै समूहका सूचक घटेका छन् ।

अन्य समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत घट्यो । बैंकिङ २.२७, विकास बैंक १.६६, फाइनान्स १.६६, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.३०, लगानी २.१९, जीवन बीमा २.१६, उत्पादन तथा प्रशोधन २.४४, माइक्रोफाइनान्स ३.०५, निर्जीवन बीमा १.७३ तथा व्यापार १.४३ प्रतिशत घटे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology