राजनीति

केपी शर्मा ओली तुर्केमेनिस्तान लागे

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तान प्रस्थान गरेका छन्। तुर्केमेनिस्तानको आवाजमा हुन लागेको तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) मा सहभागी हुन ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्।

साउन २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यता प्रस्थान गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्य सूर्यबहादुर थापा क्षेत्री र उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी छन्। सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नेसमेत कार्यक्रम छ। प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ।

सम्बन्धित समाचार

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक...

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...

मध्यरातबाट सुरुभयो मौनअवधि

मध्यरातबाट सुरुभयो मौनअवधि

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...