बागमतीको मुख्यमन्त्रीका लागि बानियाँको दाबी पेस
काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन्।
केहीबेर अघिमात्रै प्रदेश प्रमुखको कार्यालयले २४ घण्टाको समय दिएर नयाँ सरकार गठनको लागि दाबी पेस गर्न आह्वान गरेको थियो । लगत्तै बानियाँले दाबी पेस गरेका हुन् ।
बहादुरसिंह लामाले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो । सम्भवतस् अब बानियाँ नै मुख्यमन्त्री बन्नेछन् । आफ्नै पार्टीका लामालाई अविश्वासको प्रस्तावमार्फत उनले संसदीय दलको नेताबाट हटाई मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य पारेका थिए ।
कांग्रेस-एमालेको सत्ता भागवण्डामा बागमतीको मुख्यमन्त्री कांग्रेसको भागमा परेको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




