मदन भण्डारी लोकमार्गमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु
काठमाडौँ। यहाँको उदयपुरगढी गाउँपालिका–०७ जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
आज अपराह्न काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०५६१ नम्बरको ट्रकले पैदल हिँडिरहेका रौतामाई गाउँपालिका–०७ निवासी ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरलाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट मगरको घटनास्थलमै मृत्यु भएको हो। अनियन्त्रित भई दुर्घटना हुँदा ट्रकका सहचालक दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–४ निवासी ४० वर्षीय गोमे दर्जीको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ। उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ।
ट्रक चालक काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–१४ निवासी ५४ वर्षीय नवराज राउत प्रहरीको नियन्त्रणमा रहेका छन्। मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। रासस
ताजा अपडेट
-
१.
निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान
-
२.
मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग
-
३.
निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्याउँछौँः गृहमन्त्री
-
४.
‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’
-
५.
उम्मेदवारविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै नेकपाको आपत्ति
ट्रेन्डिङ
सम्बन्धित समाचार
मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले मतदानको दिन देशभरको मौसम सफा रहने बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा...
चपलीमा शंकास्पद अवस्थामा भेटियो प्रेसर कुकर
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। चपलीबाट...
सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा...
जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर
काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय...




