आइतवार, भदौ १, २०८२
English
Follow us:

अस्ट्रेलियामा हुने टप इन्ड टी २० सिरिजका लागि नेपाली क्रिकेट टोली घोषणा

अस्ट्रेलियामा हुने टप इन्ड टी २० सिरिजका लागि नेपाली क्रिकेट टोली घोषणा

  • खबर सेवा

  • सोमवार, साउन २०, २०८२

  • 69
    SHARES
अस्ट्रेलियामा हुने टप इन्ड टी २० सिरिजका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौँ । अस्ट्रेलियामा सुरु हुने टप इन्ड टी २० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

सोमबार नेपाल क्रिकेट संघ क्यानले १६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा उपकप्तानका रूपमा दीपेन्द्रसिंह ऐरीलाई राखिएको छ ।

प्रतियोगितामा ११ टोलीको सहभागिता रहनेछ । जसमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान रहेको छ । अन्य टोलीमा बिगबास लिग (बीबीएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीहरू सहभागी हुनेछन् ।

एनटीको स्थानीय दुई टोलीको समेत सहभागिता रहनेछ । खेल तालिकाअनुसार नेपालले पहिलो खेल स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग अगस्ट १५ मा खेल्नेछ ।

नेपालले यस सिरिजलाई टी–२० विश्वकप–२०२६ को एसिया छनोटको रूपमा लिएको छ । विश्वकपको एसिया छनोट आगामी अक्टोबर १ देखि १७ तारिखसम्म ओमानमा हुनेछ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology