गोठुवामा कुलोले बगाउँदा दुई वर्षीया बालिकाको मृत्यु
काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवामा कुलोले बगाउँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
कुलोमा बगेर गम्भीर अवस्थामा पुगेकी स्थानीय सुदेश बस्नेतकी छोरी सुष्मा बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो।
सोमबार साँझ घर अगाडि खेल्ने क्रममा बालिका नजिकै रहेको कुलोमा खसेकी थिइन्।
बालिकालाई तत्कालै स्थानीयले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गराएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए।
उनको उपचारको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताए। बालिकाको शव नेपालगञ्ज मेडिकल कलेजको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
तराईमा आज मनाइँदैछ होली
नवलपरासी। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका...
रामेछाप दुर्घटनाका सात जना घाइतेलाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं
काठमाडौं। रामेछाप नगरपालिका-२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा हुँदा गम्भीर घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरबाट उद्धार...
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु
बागलुङ । मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प...
सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते
सिरहा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको...




