राजनीति

बागमतीमा को को बन्दैछन् मन्त्री?

काठमाडौँ। बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्ति भएलगत्तै मन्त्रिपरिषद्‌मा को–को जाने भन्ने चर्चा सुरु भएको छ । सत्ता गठबन्धन एमाले र कांग्रेसले मन्त्रालयको संख्या भने भाग लगाइसकेका छन् ।

कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाएका छन् । एमालेले आफ्ना ६ वटा मन्त्रालयमा पठाउने नाम अनौपचारिक रुपमा टुंगो लगाएको छ । एमालेले एक वर्ष पूरा भएका मन्त्रीहरुलाई बिदा गरेर नयाँ अनुसारलाई पठाउन लागेको छ ।

६ जनामध्ये ५ जना नयाँ अनुहार भएको एमाले स्रोतले उल्लेख गरेको छ । एमालेले एक जना किरण थापालाई भने निरन्रता दिन लागेको छ । एमाले स्रोतले उल्लेख गरेअनुसार जयराम थापा, विन्दु श्रेष्ठ, भरत केसी, मधुसुदन पौडेल र दिनेशचन्द्र देवकोटालाई मन्त्री बनाउन लागिएको छ । देवकोटा भने यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन्।

एमालेले ६ मन्त्रीको नाम टुंगो लगाउँदा कांग्रेसमा भने समस्या थपिइरहेको छ । बानियाँले मुख्यमन्त्री नियुक्तिसँगै निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले सपथ गराउन नसकेका ४ जनालाई मन्त्रीमा निरन्तरता दिने सहमति भएको छ । तर, बानियाँ अहिले उनीहरुलाई लैजाने कि नलैजाने भन्ने अलमलमा रहेको पनि कांग्रेस स्रोतको भनाइ छ ।

स्रोतका अनुसार बानियाँ भने हलै आफू र एक जना मन्त्रीमात्रै जाने तयारीमा छन् । लामाले भनेका ३ जनालाई निरन्तरता दिँदा बानियाँ टिममा पनि समस्या हुने भएकोले सहमति जुट्न गाह्रो भएको हो । पूर्वसहमति अनुसार बानियाँले लामाको समूहबाट माया श्रेष्ठ, गोविन्द लम्साल र गीता गुरुङलाई मन्त्री बनउनुपर्नेछ ।

कांग्रेसबाट शारदाप्रसाद अधिकारी मन्त्री हुने चाहिँ पक्कापक्की भइसकेको छ ।

सम्बन्धित समाचार

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...