कुलिङ पिरियड’ प्रकरणमा रामहरि खतिवडा जिम्मेवार, प्रतिवेदन प्रतिनिधिसभामा पेस
काठमाडौं । निजामती सेवामा रहेको व्यक्तिले अवकाशपछि तत्काल सरकारी सेवामा रहन नपाउने विषय रहेकाे निजामति विधेयकमा कुलिङ पेरियडसम्बन्धी हटाएकाे विषयमाथि छानबिनका लागि बनेको छानबिन संसदीय विशेष समितिले सर्वसम्मतिले प्रतिवेदन पास भएपश्चात प्रतिनिधिसभामा पेस भएको छ।
मंगलबार बिहान समितिबाट पास भएको प्रतिवेदनलाई संसद्मा पेस गरिएको छ। केही समयअघि मात्रै समिति सभापति जीवन परियारले सभामा पेस गरेका हुन्।
छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कंग्रेसका सांसद सुशीला थिङ सदस्य छिन्।नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटिमा नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्ष निस्किएको छ । संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।
यस्तै उच्च पदस्थ कर्मचारीको हकमा पद अनुकूल आचरण गरेको नदेखिएको पनि छानबिन समितिको निष्कर्ष छ । पद अनुकूलको आचरण गरेको भए निजामती विधेयकको प्रतिवेदन लेखनमा त्रुटि नहुने बुझाइमा छानबिन समिति पुगेको हो।
राज्य व्यवस्था समितिबाट पास भएको प्रतिवेदन प्रतिनिधि सभामा जाँदा समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको हस्ताक्षर थियो । त्यसैले समितिले छानबिन प्रतिवेदनमा उनीहरुको नाम किटान गरेको हो ।
‘राजनीतिक पदाधिकारी राजनीतिक र नैतिक रुपमा जिम्मेवार हुने बेहोरा उल्लेख गरेर छानबिन प्रतिवेदन पास भएको छ,’ समितिका एक सदस्यले सुनाए, ‘विधेयक प्रतिवेदनमा हस्ताक्षर भएकाले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरज कुमार दुराको नाम किटान गरिएको छ ।’
संसदीय विशेष समितिको प्रतिवेदन तयार भएर प्रतिनिधिसभामा पेश भएसँगै कार्यान्वयनमा जानेछ । प्रतिनिधि सभा बैठक आजै दिउँसो १ बजे बस्दैछ । यसै बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरिएको छ । चर्को राजनीतिक र प्रशासनिक दबाबका कारण म्याद गुज्रिसक्दा पनि प्रतिवेदन तयार हुन सकेको थिएन ।
ताजा अपडेट
-
१.
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मत विजयी
-
२.
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
-
३.
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
-
४.
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
-
५.
दुईतिहाई बहुमततिर रास्वपा!
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मत विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
काठमाडौँ। प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइ नतिजा घोषणा भएका निर्वाचन क्षेत्रहरूमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना कार्यलाई पनि तीव्रता दिएको छ।...
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...




