आइतवार, भदौ १, २०८२
English
Follow us:

बंगलादेशमा फेब्रुअरीमा चुनाव गराउने मोहम्मद युनुसको संकेत

बंगलादेशमा फेब्रुअरीमा चुनाव गराउने मोहम्मद युनुसको संकेत

  • खबर सेवा

  • बुधबार, साउन २२, २०८२

  • 39
    SHARES
बंगलादेशमा फेब्रुअरीमा चुनाव गराउने मोहम्मद युनुसको संकेत

काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा आम चुनाव गराउने संकेत दिएका छन् ।

अन्तरिम सरकार प्रमुख युनुसले मंगलबार राष्ट्रलाई सम्बोधन गर्दै देशमा चुनाव गराउने मिति उल्लेख गरका बीबीसीले जनाएको छ ।

समाचार अनुसार उनले मुख्य निर्वाचन आयुक्तलाई पत्र लेखेर अर्को वर्ष रमजानअघि फेब्रुअरीमा चुनाव गराउन आग्रह गर्ने बताइएको छ ।

युनुसले बंगलादेशमा शेख हसिनाको सरकारको पतनको एक वर्ष पूरा भएको अवसरमा देशलाई सम्बोधन गरिरहेका थिए ।

देशव्यापी विद्यार्थी आन्दोनका कारण २०२४ अगस्ट ५ मा बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सत्ता छोड्नुपरेको थियो ।

त्यसको एक वर्ष पूरा भएको अवसरमा हजारौँ नागरिक विभिन्न जुलूसमा सहभागी भएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology