विद्या भण्डारी सम्मानित व्यक्ति हो, त्यही कारण सदस्यता नवीकरण भएन : एमाले
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई पार्टीले राजनीतिक उत्सवको रूपमा मनाउने बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको प्रचार विभाग र प्रेस चौतारीका पदाधिकारीहरूका संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनले पार्टीको नीति,विधि र भविष्यको नेतृत्वका सन्दर्भमा ऐतिहासिक निर्णयहरू गर्ने बताए ।
‘नेतृत्व छान्ने महाधिवेशन र नीति बनाउने महाधिवेशन एकै पटक हुँदा नीतिका कुरा ओझेलमा परे । नेतृत्वका बारेमा मात्र बहस र प्रतिस्पर्धा भए,’ महासचिव पोखरेलले भने,‘जसले गर्दा एमालेले २०७८ सालमा पहिलो प्रथम र यसपाली दोस्रो पटक विधान महाधिवेशन गर्न लागेको हो ।’ पार्टीको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा हुँदैछ ।
महाधिवेशनका सन्दर्भमा पार्टीले व्यहोरेका उतार चढाव,सरकारको नेतृत्व गर्दा हासिल गरेका उपलब्धि आदिका बारेमा व्यापक चर्चा परिचर्चा गरेको जनजनमा विधान महाधिवेशनका सन्दर्भमा चासो र जिज्ञासा जागरण गराउनु पर्ने महासचिव पोखरेलको धारणा छ । उनले पार्टीमा चर्चा र विवादको विषय बनाइन सुरु गरेको पूर्वराष्ट्रपतिको सन्दर्भमा छोटो समयमा उपयुक्त तरिकाले समाधान गरिएको दाबी समेत गरे ।
‘पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा आगमनको सन्दर्भ पार्टी भित्रबाट भन्दा पनि पार्टी बाहिरबाट बढी उचालिएको रहेछ भन्ने कुरा साउन ६ गते सकिएको केन्द्रीय कमिटीबाट स्पष्ट भयो,’ महासचिव पोखरेलले भने, ‘केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा उहाँलाई सम्माननीय कै स्थानमा बस्ने निर्णय लियो । यसबाट पुष्टि हुन्छ कि पार्टी भित्रका भन्दा पनि पार्टी बाहिरकाहरू उहाँलाई सक्रिय राजनीतिमा ल्याएर विवादमा पार्न चाहन्थे ।’
पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण विशिष्ट प्रकारको विषय भएकोले यसका लागि विशेष निर्णय नै चाहिएको पाखरेलको भनाइ छ। सदस्यता नवीकरणका विषयमा कतिपयले हल्का टिप्पणी गरेको पाइएको र यस विषयको गहिराइमा उनीहरू नपुगेको पार्टीमा रिसाएकालाई फकाएर सदस्यता नवीकरण गर्ने बताए।
‘पार्टीबाट रिसाएकाहरूलाई पनि फकाएर सदस्यता नवीकरण गरिन्छ । त्यसैले नवीकरण गर्छ भनेर स्वतःस्फूर्त भन्नेको नवीकरण हुनुपर्ने हो’ महासचिव पोखरेलले भने, ‘उहाँ विशिष्ट व्यक्तित्व हो । सम्मानित व्यक्तित्व हो । त्यसैले पार्टीले पनि विशिष्ट प्रकारले सम्मानजनक निर्णय गरेको छ । ’
बैठकमा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले एक साताभित्र विभागले विधान महाधिवेशनको प्रचारका लागि विस्तृत कार्य योजना बनाएर पार्टी केन्द्रीय कार्यालयमा बुझाउने बताए ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




