आइतवार, भदौ १, २०८२
English
Follow us:

एनपीएल २ को अक्सन सूचीमा १५० खेलाडी

एनपीएल २ को अक्सन सूचीमा १५० खेलाडी

  • खबर सेवा

  • बुधबार, साउन २२, २०८२

  • 28
    SHARES
एनपीएल २ को अक्सन सूचीमा  १५० खेलाडी

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गरेका छन्। नेपाल क्रिकेट संघका अनुसार दर्ता गराएका खेलाडी मध्येबाट प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार जम्मा १५० खेलाडी मात्र शनिबार हुने अक्सनमा सहभागी हुन पाउनेछन्।

अक्सनमा ए श्रेणीका आठ खेलाडी छन्। जसमा अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषवाकर, अदिल अन्सारी, सूर्य तामाङ र सुनाम गौतम छन्। यस्तै बी श्रेणीका ३५ जना खेलाडी अक्सन सूचीमा छन्। बाँकी १०६ जना सी श्रेणीका खेलाडी छन्।

अक्नसमा मधेश प्रदेशका सबैभन्दा बढी ३० जना खेलाडी सहभागी हुने भएका छन्। यस्तै बागमती, सुदूरपश्चिम र लुम्बिनीका २९( २९ जना, कोशीका १४ जना, गण्डकीका १३ जना र कर्णालीका ५ जना खेलाडी अक्सनमा छन्। सी श्रेणीका सुनील गौतमको प्रदेश छुट्याइएको छैन।

शनिबार हुने अक्सनमा आठ टोलीले १५० खेलाडी मध्येबाट कम्तिमा ३७ खेलाडीका लागि बोली लगाउनेछन्। जसमा एबाट ४ खेलाडी, बीबाट २३ र सी श्रेणीबाट १० जना खेलाडीको बोली लाग्नेछ। अक्सनमा ए श्रेणीको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ हुनेछ। बीको न्यूनतम ५ लाख र अधिकतम १० लाख रुपैयाँ हुनेछ। सी श्रेणीको न्यूनतम २ लाख र अधिकतम ५ लाख रूपैयाँ हुनेछ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology