समाचार

करेन्ट लागेर मृत्यु

मकवानपुर। मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मनहरी गाउँपालिका–६ जोगिताल पुछार टोल निवासी ३५ वर्षीय लालबहादुर मोक्तानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जोगितालस्थित आफ्नै खेतमा जङ्गली जनावरबाट बाली जोगाउन बनाइएको करेन्टयुक्त तारमा छुँदा मोक्तानको घटनास्थलमै मृत्यु भएको हो। चितवन जिल्ला राप्ती नगरपालिका–१ बसोबास गर्दै आएका मोक्तानले मनहरी गाउँपालिका–६ स्थित आफ्नै खेतमा जङ्गली जनावरबाट बाली जोगाउनका लागि नाङ्गो विद्युत् तारमा हुक जोडेर करेन्ट प्रवाह गराएका थिए।

खेतको निगरानीका लागि गएका उनको करेन्टमा परेर मृत्यु भएको प्रहरी चौकी सुनाचुरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। रासस

सम्बन्धित समाचार

काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम...

कति छ काठमाडौँको तापक्रम?

कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

दुई सातादेखि बेपत्ता थिङको शव फेला

दुई सातादेखि बेपत्ता थिङको शव फेला

काठमााडौँ। विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१ वर्षीय कामीसिंह थिङको शव फेला परेको छ। जिल्ला प्रहरी...