सोमवार, भदौ २, २०८२
English
Follow us:

करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

  • खबर सेवा

  • बिहिबार, साउन २३, २०८२

  • 51
    SHARES
करेन्ट लागेर मृत्यु

मकवानपुर। मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मनहरी गाउँपालिका–६ जोगिताल पुछार टोल निवासी ३५ वर्षीय लालबहादुर मोक्तानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जोगितालस्थित आफ्नै खेतमा जङ्गली जनावरबाट बाली जोगाउन बनाइएको करेन्टयुक्त तारमा छुँदा मोक्तानको घटनास्थलमै मृत्यु भएको हो। चितवन जिल्ला राप्ती नगरपालिका–१ बसोबास गर्दै आएका मोक्तानले मनहरी गाउँपालिका–६ स्थित आफ्नै खेतमा जङ्गली जनावरबाट बाली जोगाउनका लागि नाङ्गो विद्युत् तारमा हुक जोडेर करेन्ट प्रवाह गराएका थिए।

खेतको निगरानीका लागि गएका उनको करेन्टमा परेर मृत्यु भएको प्रहरी चौकी सुनाचुरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। रासस


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology