बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘कुनै पनि बहानामा बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु सर्वथा अनुचित र गलत हो। सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने खालको तयारी गरिरहेको छ। यो कार्य तत्काल रोकिनुपर्दछ।’
थापाले थप लेखेका छन्, ‘सनातन संस्कृतिमा विवाह एक पवित्र बन्धन र संस्था हो। यो मान्यतालाई विकृत तुल्याउने गरी विगतमा समेत अनेक प्रपञ्चहरू रचिएका छन्। बाह्य शक्तिहरूको उक्साहटमा सनातन धर्म संस्कृति र परम्परालाई कमजोर बनाउने षड्यन्त्र अनुरूप विवाहको पवित्र स्वरूपलाई समेत विकृत तुल्याउने कार्यहरू हुनु दुर्भाग्यपूर्ण छ। यसतर्फ समयमै सचेत रहन सबैमा आग्रह गर्दछु।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




