राजनीति

कुलुङ पेरियडमा रामहरि दोषी हुन् ; प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘२ वर्षे कुलिङ पिरियड’ सम्बन्धी त्रुटिमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभागृहमा बिहीबार अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको विद्यार्थीसँग प्रचण्ड संवाद कार्यक्रममा प्रचण्डले खतिवडाले राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘रामहरिजीले नैतिक जिम्मेवार ठहरिनुभएको छ । उहाँलाई नैतिक रूपमा सभापतिमा बस्ने आधार छैन । अब राजीनामा दिएर राजनीतिक व्यक्तित्वको सुरक्षा गर्नुपर्छ ।ु

विशेष संसदीय छानबिन समितिको प्रतिवेदनले पनि सभापति खतिवडा नैतिक जिम्मेवार रहेको ठहर गरेको छ । प्रचण्डले उक्त विधेकमाथि भएको त्रुटिको जिम्मेवारी आफूले मात्र नभएर सिंगो सदनले लिनुपर्ने बताए । उनले भने, ‘म सदस्य भएको राज्य व्यवस्था समितिले मात्र होइन । २७५ जनाले नै जिम्मेवारी लिनुपर्छ । नैतिक जिम्मेवारी सिंगो सदनले लिनुपर्छ । राज्य व्यवस्था समितिले त गल्ती भयो सच्याउनुपर्‍यो भनेर राष्ट्रियसभालाई पत्र लेखेको छ । हामीले त गल्ती भएको जिम्मेवारी बोध गरेर सच्याउने ठाउँ भनिदिएका छौँ ।’ संसदले सर्वसम्मत पास गरेको विधेयकमा गल्ती हुनु संसदको जिम्मेवारी हो ।

सम्बन्धित समाचार

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...