जिप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते
काभ्रेपलाञ्चोक। रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको गाडी (डबलक्याप स्कारपियो जिप) दुर्घटना हुँदा एकको मृत्यु एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मन्थली नगरपालिका–११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला भट्टले जानकारी दिए । राधा स्वास्थ्यकर्मी हुन् ।दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई उत्तमको सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार चौहान दम्पती छोरालाई भेट्न हेटौंडा जाँदै थिए । हेटौंडा जान लागेको बिएससी ९४६३ नम्बरको स्कार्पियो गाडी आइतबार बिहान मन्थली–६ कुनौरीमा दुर्घटना भएको हो । गाडी सडकमा आएको पहिरोबाट तल खसेको छ ।
त्यस्तै शनिबार रामेछापकै खाँडादेवी–४ मा पर्ने मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ना६त ९५९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय २५ वर्षीय दिनेश माझी छन् भने १५ वर्षीय विवेक माझी घाइते भएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
घाँटीमा मासुको चोक्टा अड्किँदा मृत्यु
डोटी। खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका-७ दहकालीकाका ५० वर्षीय...
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
दाङ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार गएराति भएको दुर्घटनामा मोटरसाइकलमा...
काठमाडौंसहित विभिन्न स्थानमा वर्षा
काठमाडौँ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका...
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की...




