डल्लु पुगेर नारायणकाजीले भेटे झलनाथ
काठमाडौँ। आज पूर्व प्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल र नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बीच सम्मानित नेता झलनाथ खनालको निवास डल्लुमा भेटघाट भयो।
भेटघाटको क्रममा खासगरी नेपालको कम्युनिष्ट आन्दोलनमा पछिल्लो अवस्थामा आइरहेको विग्रहका बारेमा र कम्युनिस्ट आन्दोलनलाई कसरी एकताबद्ध गर्न सकिन्छ भन्ने बारेमा र हाम्रो देशमा पुँजीवादी जनवादी क्रान्ति हामीले सम्पन्न गरिसकेका छौं अबको अवस्थामा वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्यलाई अगाडि बढाउन हाम्रा कार्यनीतिहरू र हाम्रा बाटाहरू के के हुन सक्छन ? कसरी कम्युनिस्टहरुलाई एकताबद्ध गराएर अगाडि लान सकिन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बडो जटिलका साथ अगाडि बढिरहेको छ । भन्ने कुराहरू माथि विशेष गरेर यो छलफल केन्द्रित थियो । यो छलफल प्रारम्भिक छलफल रहेकोले पुन यसलाई निरन्तर अगाडि बढाई राख्ने सहमति भएको छ।
पार्टीको एकताको बारे : समग्र बाम आन्दोलनको बारेमा कुराकानी भयो। तर दुई पार्टी बीच मात्र केन्द्रीत भएर एकताको बारेमा कुनै कुराकानी नभएको झलनाथ खनालको स्वकिय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




