अन्तर्राष्ट्रिय

टर्कीमा भूकम्प जाँदा एकको मृत्यु, १६ घर भत्किए

बकाठमाडौं। टर्कीमा भूकम्प जाँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार बेलुका टर्कीको उत्तरपश्चिमस्थित बालिकेसिर प्रान्तमा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा ८१ वर्षीया एक महिलाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

भूकम्प सिन्डिर्गी केन्द्रविन्दु भएर गएको हो । उक्त भूकम्पमा परेर २९ जना घाइते भएका छन् । त्यस्तै १६ वटा भवन भत्किएका छन् ।

टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार आइतबार साँझ ७:५३ मा आएको हो । यसको झट्का इस्तानबुलसम्म महसुस गरिएको थियो ।

सम्बन्धित समाचार

दक्षिण कोरियामा सैन्य हेलिकप्टर दुर्घटना

दक्षिण कोरियामा सैन्य हेलिकप्टर दुर्घटना

दक्षिण कोरियाको ग्योन्गी प्रान्तमा सोमवार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । योन्हाप समाचार एजेन्सीकाअनुसार यस दुर्घटनामा दुई जना...

अमेरिकी सेनाद्वारा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित तेल ट्याङ्कर नियन्त्रणमा

अमेरिकी सेनाद्वारा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित तेल ट्याङ्कर नियन्त्रणमा

अमेरिकी रक्षा सचिव पिट हेगसेथले सोमवार दिनुभएको जानकारीअनुसार अमेरिकी सैन्य बलले क्यारिबियन क्षेत्रबाट पछ्याउँदै भेनेजुएलासँग सम्बन्धित एक तेल ट्याङ्करलाई...

इजरायलद्वारा पश्चिम किनारका विवादास्पद कदमहरू स्वीकृत, प्यालेस्टाइनद्वारा अवैध कब्जाको रूपमा निन्दा

इजरायलद्वारा पश्चिम किनारका विवादास्पद कदमहरू स्वीकृत, प्यालेस्टाइनद्वारा अवैध कब्जाको रूपमा निन्दा

इजरायली सुरक्षा मन्त्रिपरिषद्ले कब्जा गरिएको पश्चिम किनारमा इजरायलको नियन्त्रण अझ गहिरो बनाउने र त्यहाँ यहूदी बस्ती विस्तार गर्ने निर्णयहरू...

रुसी प्रहरीद्वारा लेनिनग्राद ओब्लास्टमा अवैध लागुऔषध उत्पादन स्थलमा छापा

रुसी प्रहरीद्वारा लेनिनग्राद ओब्लास्टमा अवैध लागुऔषध उत्पादन स्थलमा छापा

रुसी प्रहरीले नेशनल गार्डको सहयोगमा लेनिनग्राद ओब्लास्टमा एक अवैध लागुऔषध उत्पादन स्थलमा छापा मारेको छ । सिन्थेटिक मेथाडोन उत्पादन...