आइतवार, भदौ १, २०८२
English
Follow us:

टर्कीमा भूकम्प जाँदा एकको मृत्यु, १६ घर भत्किए

टर्कीमा भूकम्प जाँदा एकको मृत्यु, १६ घर भत्किए

  • खबर सेवा

  • सोमवार, साउन २७, २०८२

  • 67
    SHARES
टर्कीमा भूकम्प जाँदा एकको मृत्यु, १६ घर भत्किए

बकाठमाडौं। टर्कीमा भूकम्प जाँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार बेलुका टर्कीको उत्तरपश्चिमस्थित बालिकेसिर प्रान्तमा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा ८१ वर्षीया एक महिलाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

भूकम्प सिन्डिर्गी केन्द्रविन्दु भएर गएको हो । उक्त भूकम्पमा परेर २९ जना घाइते भएका छन् । त्यस्तै १६ वटा भवन भत्किएका छन् ।

टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार आइतबार साँझ ७:५३ मा आएको हो । यसको झट्का इस्तानबुलसम्म महसुस गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology